×

मुख्यमन्त्री कँडेलको आग्रह: “फलफूल तथा बहुपयोगी बिरुवा रोपौँ, संरक्षणमा ध्यान दिऔँ”

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिने, फलफूल दिने र बहुपयोगी बिरुवा रोप्न सबैलाई आग्रह गरेका छन्।

शनिबार डिभिजन वन कार्यालय, सुर्खेतद्वारा आयोजित वृहत वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भने, “बोटबिरुवा रोप्ने कार्य केवल देखावटी हुन नहुने, यसले वातावरण संरक्षणका साथै मानव जीवनमा प्रत्यक्ष उपयोगिता दिन सक्नुपर्छ।”

उनले फलफूल दिने, आर्थिक रूपमा फाइदा पुर्‍याउने र जीवनशैलीसँग मेल खाने बिरुवालाई प्राथमिकता दिनुपर्ने बताए।

मुख्यमन्त्री कँडेलले वृक्षारोपणलाई अभियानका रूपमा अगाडि बढाउनु आवश्यक रहेको उल्लेख गर्दै भने, “धेरै ठाउँमा बिरुवा रोपिन्छ, तर त्यसको संरक्षणमा बेवास्ता हुन्छ। अब हामीले रोपेर मात्रै होइन, हुर्काएर पनि संरक्षण गर्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ।”

उनका अनुसार, वन विनाश, भूक्षय, सुख्खा, असिना पानी जस्ता प्राकृतिक समस्याको समाधान वृक्षारोपणमार्फत सम्भव छ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वन सशक्तीकरण, वातावरणमैत्री कृषि प्रणाली र हरियाली विस्तारलाई प्राथमिकतामा राखेर स्थानीय तहहरूसँग समन्वय गर्दै दीर्घकालीन योजना कार्यान्वयनमा ल्याइरहेको जानकारी पनि दिए।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.