प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।
प्रधानमन्त्री ओली यही शनिबार युरोपको स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यसअगावै उनले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्री ओलीको सहभागिता तय भएको छ। भ्रमणका क्रममा स्पेनका प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुने तालिका रहेको छ।

