×

बालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको मतभेदले काठमाडौँ महानगरको बजेट प्रक्रिया अवरुद्ध

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको दीर्घकालीन मतभेदका कारण यसपटक महानगरको बजेट समयमै प्रस्तुत हुन सकेन। दुईबीचको सम्बन्ध चिसिँदो क्रममा रहेको र लगभग ६ महिनादेखि प्रत्यक्ष भेटघाटसमेत नभएको स्रोतले जनाएको छ।

विवादको सुरुआत काठमाडौँ टावरसम्बन्धी नक्सापास प्रकरणबाट भएको थियो। त्यसयता मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई स्वीकार नगरेको बताइएको छ।

यद्यपि, आपसी सम्पर्क नभए पनि दुबैले एकअर्कालाई फाइलमार्फत सम्बोधन गर्दै कार्य सम्पादन गरिरहेका छन्। बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई फाइल तोक लगाएर पठाएका छन् भने गुरागाईँले पनि स्वीकृतिका लागि बालेनलाई फाइलहरू पठाइरहेका छन्।

सूत्रका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले चैत २९ गतेदेखि वैशाख २६ गतेसम्म मात्र १८ वटा फाइल मेयरको स्वीकृतिका लागि अघि सारेका छन्। त्यस्तै, मेयरले पनि कैयौँ निर्णयका फाइलहरू गुरागाईँलाई पठाएका छन्। तर, कर्मचारीहरू फाइल बोक्दै दौडधुप गरिरहे पनि दुईबीच प्रत्यक्ष संवाद हुन सकेको छैन।

अझै पनि महागरपालिकाको तलब–भत्तादेखि भुक्तानीसम्मका चेकमा प्रमुख प्रशासकीय अधिकृतकै हस्ताक्षर आवश्यक हुने भए पनि दुबै पक्षको व्यक्तिगत अडानले बजेट ल्याउने प्रक्रिया प्रभावित भएको छ।

कार्यपालिका र नगरसभा सदस्यहरूले अनौपचारिक छलफल गर्दै मेयरलाई कार्यपालिका बैठक बोलाउन आग्रह गरिरहेका छन्। तर, मेयर शाहले हालका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग एउटै बैठकमा बस्न नमिल्ने अडान लिएका छन्।

यही कारण राजधानीको मुख्य स्थानीय निकाय काठमाडौँ महानगरपालिकाको बजेट कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा अझै अन्योल छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.