प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहान ९ बजे आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठक संघीय संसद भवनमा रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।
त्यसै दिन प्रतिनिधि सभाको पनि बैठक बस्नेछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला घटनाहरूको समीक्षा र छलफल गर्न बैठकमा जुट्न लागेका छन्।
रास्वपाले यसअघि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध प्रदर्शन गर्दै आएको छ। पार्टीले संसदको बहिस्कारसमेत गरिसकेको छ।
