पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घटनामा घाइते हुनेमा राप्ती नगरपालिका–२ का २४ वर्षीय ट्रक सहचालक प्रविन प्रजा र भारत बिहारका ४५ वर्षीय ग्यास बुलेट चालक जगदेव यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (एनएल–०१ एन ०१३३) भएको ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
घाइते सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
