×

डा. मुकुल ढकालको रिटमा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफूलाई फेरि सोही पदमा काम गर्न दिनुपर्ने मागसहित अदालतको ढोका ढकढक्याएका छन्। ढकालले आफूलाई महामन्त्रीको हैसियतमै काम गर्न पाउने व्यवस्था मिलाइदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उक्त रिटमा उनले पार्टीको केन्द्रीय कार्यालय, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएका छन्।

ढकालको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज (बिहीबार) न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको छ। उनले रिटमार्फत आफू पार्टीको वैधानिक महामन्त्री भएको दाबी गर्दै त्यसअनुसार काम गर्न पाउने परमादेश र उत्प्रेषण आदेश माग गरेका छन्।

उक्त रिट बुधबार दर्ता भएको हो भने त्यसको प्रारम्भिक सुनुवाइ आज हुँदैछ। पार्टी भित्र देखिएको नेतृत्वको विवाद अब अदालतको निर्णयले नयाँ मोड लिने संकेत देखिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x