×

नेपाली कांग्रेसको केन्द्रीय बैठक तयारी, एजेन्डा पदाधिकारी बैठकले तय गर्ने

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

नेपाली कांग्रेसले असार १६ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत तय गर्ने तयारी गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले एजेन्डा निर्धारणका लागि पदाधिकारी बैठक बोलाउने तयारीमा छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकका एजेन्डा तय गर्ने परम्परा अनुसार यसपटक पनि त्यसैगरी प्रक्रिया अघि बढ्नेछ। उनले भने, “पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने चलन छ, यसपटक पनि त्यही बाटो अपनाइनेछ।”

पदाधिकारी बैठक कहिले बस्ने भन्ने जानकारी शुक्रबारसम्म आउने बताउँदै पौडेलले त्यही बैठकले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका एजेन्डा तय गर्ने जनाए।

उक्त बैठकमा महाधिवेशन गर्न नसकेका कांग्रेसका सात भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने वा नथप्ने भन्ने निर्णय हुनेछ। कांग्रेसले यसअघि ती संस्थालाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो, तर अहिलेसम्म न त महाधिवेशन भएको छ, न त समितिहरूको म्याद नै थपिएको छ।

यसपटकको केन्द्रीय कार्यसमिति बैठक गत साउनपछि पहिलो पटक बस्न लागेको हो। महामन्त्री गगन थापाका अनुसार यस बैठकले पार्टी कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्नुका साथै सरकारको कामकारबाही, राष्ट्रिय राजनीति र आगामी १५ औँ महाधिवेशनअन्तर्गतको सदस्यता अभियानसम्बन्धी विषयमा पनि छलफल गर्नेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x