पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको थुनछेक सम्बन्धी बहस विशेष अदालतमा सुरु भएको छ।
उक्त मुद्दालाई सर्वसाधारणले चासोपूर्वक हेरेका कारण विशेष अदालत परिसरमा अन्य दिनभन्दा बढी चहलपहल देखिएको छ। अदालतले पनि प्रत्यक्ष रूपमा बहस सुनिने व्यवस्था गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा बहस गर्नका लागि १२० जना कानुन व्यवसायीले नाम दर्ता गराएका छन्। उनी बुधबार विशेष अदालतमा उपस्थित भई बयान दिएका हुन्।
यो प्रकरणलाई विशेष राजनीतिक तथा कानुनी महत्वका रूपमा हेरिएको छ
