×

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आप्रवासनलाई साझा प्रतिबद्धता भएको बताएका छन्

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

बुधबार काठमाडौंमा आयोजित ‘एशिया–गल्फ कोअपरेसन कन्ट्री (GCC) संवाद’ को उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि सबै साझेदार राष्ट्रहरूलाई सहकार्य गर्न आग्रह गरे।

उनले नेपालजस्ता श्रम आपूर्ति गर्ने मुलुकहरूको दृष्टिकोण राख्दै, श्रम पठाउने र श्रम लिने देशबीच आपसी समझदारी आवश्यक रहेको बताए। भण्डारीले आप्रवासनसम्बन्धी विश्वव्यापी सन्धि (GCM) का २३ उद्देश्य कार्यान्वयन गर्दै न्यूनतम मानव अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार सुरक्षित आप्रवासन कार्यक्रम अहिले देशका सबै ७७ जिल्लामा विस्तार भइसकेको छ र सरकार यसको प्रभावकारी कार्यान्वयनमा लागिपरेको छ।

इरान–इजरायल तनावको बेला नेपाली श्रमिकहरूको उद्धारमा भारतले देखाएको सहयोगप्रति आभार प्रकट गर्दै, उनले संकटको घडीमा आपसी सहयोगको भावना बलियो बनाउनु पर्ने बताए।

वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा संलग्न गराउने योजना अघि बढाइएको उनले जानकारी दिए। साथै, कोरियाको १९६० दशकको पुनःएकीकरण प्रयास, स्वीट्जरल्याण्डको विकास मोडेल, बंगलादेशको गार्मेन्ट रणनीति र भारतको रिभर्स माइग्रेसनबाट नेपालले सिकिरहेको धारणा राखे।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x