प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन्। बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफलको कार्यसूची तय गरिएको छ।
सो बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। उनले २०८१ माघ १३ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट सामान्य छलफल पार गर्दै उक्त विधेयक समितिमा पठाइएको हो। अब समितिले दफावार छलफल गरी विधेयकलाई अघि बढाउने तयारी गरेको छ।
संघीय शासन प्रणाली कार्यान्वयनमा आइसकेको भए पनि नेपाल प्रहरी अझै पनि केन्द्रिकृत संरचनामा सीमित छ। यही कारण यो विधेयकलाई संघीयता कार्यान्वयनको महत्वपूर्ण अङ्गका रूपमा पनि हेरिएको छ।
