कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) पुनः सञ्चालनमा ल्याएसँगै नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजेबाट पुनः सुरु हुने भएको छ।
नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोका लागि तय गरिएको उडान RA 239/240 आज दिउँसो सञ्चालन गरिने जानकारी दिएको हो।
निगमले सो उडानका यात्रुहरूलाई तोकिएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।
हिजोको उडान रद्द हुनुले यात्रुहरूलाई परेको असहजताप्रति निगमले क्षमा माग्दै पुनः उडान नियमित बनाउने प्रयास भइरहेको स्पष्ट पारेको छ।

