×

पुरस्कार रकम रोकिएको आरोपपछि ओमान क्रिकेटले खेलाडीलाई भुक्तानी दिने घोषणा

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

९ असार, काठमाडौं । ओमान क्रिकेट बोर्डले अन्ततः टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई पुरस्कार रकम दिने निर्णय गरेको छ।

एक सार्वजनिक विज्ञप्तिमार्फत बोर्डले सन् २०२५ को जुलाई महिनासम्ममा खेलाडी र सपोर्ट स्टाफलाई कूल २ लाख २५ हजार अमेरिकी डलर बराबरको रकम वितरण गरिने जानकारी गराएको हो।

यसअघि सन् २०२४ को जुन महिनामा अमेरिका र क्यारिबियनमा सम्पन्न विश्वकपमा भाग लिएको ओमान टोलीले लामो समयसम्म पुरस्कार नपाएको गुनासो सार्वजनिक भएको थियो। रकमको माग गरेपछि केही खेलाडीहरूलाई टोलीबाट हटाइएको दाबीसमेत गरिएको थियो।

आईसीसीको नियमअनुसार कुनैपनि क्रिकेट बोर्डले पुरस्कार रकम प्राप्त गरेको २१ दिनभित्र खेलाडीहरूलाई वितरण गर्नुपर्ने प्रावधान छ। आईसीसीले रकम समयमै पठाएको पुष्टि भए पनि ओमान क्रिकेटले वितरणमा ढिलाइ भएको विषयलाई प्रक्रिया सम्बन्धी कारणले भएको स्पष्ट पारेको छ।

खेलाडीहरूले इमर्जिङ टिम्स एशिया कप २०२४ का क्रममा सामूहिक दबाब सिर्जना गर्ने तयारी गरेपछि विवाद थप चुलिएको थियो। उनीहरूले खेल्न अस्वीकार गरेपछि अन्ततः केही खेलाडीलाई खेल सुरु हुनुभन्दा एक दिन अघि टोलीबाट हटाइएको थियो।

त्यसपश्चात् टोलीका १५ मध्ये ११ खेलाडीको केन्द्रीय सम्झौता रद्द गर्दै कतिपयलाई ओमान नै छाड्न बाध्य बनाइएको थियो। खाडी मुलुकमा कामसँगै आवासीय अनुमतिमा निर्भर रहनुपर्ने नियमका कारण उनीहरूले रोजगारी गुमाउँदै देश छाड्नुपरेको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x