संसदीय समितिले निर्माणाधीन संघीय संसद भवनको प्रगति विवरण तीन दिनभित्र पेस गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति’ को बैठकले यो निर्देशन दिएको हो।
बैठकपछि समितिका सभापति ठाकुरप्रसाद गैरेले जानकारी दिँदै संसद भवनको भौतिक प्रगतिसँगै सांसदहरूले उठाएका प्रश्नहरूको कार्यान्वयनबारे स्पष्ट विवरण तीन दिनभित्र पेश गर्न मन्त्रालयलाई भनिएको जानकारी दिए।
सभापति गैरेले पूर्वाधार विकासको कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै भने, “पूर्वाधार विकासमा यति धेरै समस्या किन देखियो भन्ने विषयमा विज्ञहरूसँग छलफल गरिनु आवश्यक छ। यसले उपलब्धिमूलक नतिजा ल्याउन सक्छ।”
शहरी विकास मन्त्रालयलाई पठाइने पत्रमार्फत संसद भवनसम्बन्धी प्रश्नहरूको जवाफ मागिने उनले बताए।
