आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ कायम छ। यो दर आइतबारको मूल्यसँग मिल्दोजुल्दो हो, जुन दिन सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको थियो।
चाँदीको मूल्य भने सोमबार १० रूपैयाँले वृद्धि भएर प्रतितोला दुई हजार एक सय ७० रूपैयाँ पुगेको छ। आइतबार यसको मूल्य दुई हजार एक सय ६० रूपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,३५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

