भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्मा विरोध जारी राखेका छन्। आजको प्रतिनिधिसभाको बैठक यी दुवै दलले बहिष्कार गरेका छन्।
बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणको छानबिन माग गर्दा प्रतिपक्षी दलहरूको आवाज संसद्मा दबाइएको आरोप लगाए। उनले संसद् सञ्चालनमा निष्पक्षता नभएको भन्दै न्यायिक आयोग वा संसदीय छानबिन समिति गठन गर्न पुनः माग दोहोर्याए।
आजको बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नहरूको जवाफ तथा स्पष्टिकरण दिने कार्यसूची तय गरिएको छ, जसमा विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता छ।
