नेकपा एमालेका सांसद रघुवीर महासेठले अन्तर्राष्ट्रिय उडानका हवाई टिकट अत्यधिक महँगो भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद महासेठले दिल्लीजस्ता नजिकका गन्तव्यमा नेपाली यात्रुले इकोनोमिक क्लासकै लागि ६० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्नु पर्ने अवस्था दुःखद रहेको बताए।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा महँगो हुने अवस्था नियन्त्रण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।
बैठकमा “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” विषयक सैद्धान्तिक छलफलसमेत भएको थियो

