नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा पुनः गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेर १ लाख ९४ हजार ७ सय रूपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य १ लाख ९५ हजार ५ सय रूपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि घटावट आएको छ। बिहीबार प्रतितोला २ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य शुक्रबार ५० रूपैयाँले घटेर २ हजार १ सय ५० रूपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुन प्रतिऔंस ३३५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
महासंघले मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आयात लागतसँग सम्बन्धित रहेको जनाउँदै नियमित अपडेट हेरेर मात्र कारोबार गर्न आग्रह गरेको छ।

