×

“रास्वपाको नयाँ कार्यदल गठन, स्थापना दिवस र राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण निर्णय”

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो राजनीतिक परिस्थितिमा विभिन्न स्वतन्त्र समूह, अभियन्ता र वैकल्पिक राजनीतिमा विश्वास राख्ने पक्षहरूलाई एकै मोर्चामा ल्याउने उद्देश्यसहित ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टी सचिवालयको बैठकले यस्तो कार्यदल गठन गर्ने निर्णय लिएको हो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलको नेतृत्व र कार्यादेशबारे अहिले स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। तथापि, यस कार्यदलमार्फत साझा विचार भएका समूहहरूसँग संवाद र सहकार्यलाई संस्थागत बनाउने प्रयास हुने बताइएको छ।

त्यस्तै रास्वपाले आउँदो असार ७ गते आफ्नो तेस्रो स्थापना दिवस ‘लुटतन्त्रको अन्त्य र सुसंस्कृत राजनीतिको प्रवर्द्धन’ भन्ने नारासहित मनाउने निर्णय गरेको छ। सोही दिन बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा केन्द्रीय समिति बैठक पनि हुने छ।

पार्टी सचिवालयको निर्णयअनुसार पहिलो महाधिवेशनलाई सफल बनाउन सातै प्रदेशमा संगठन विस्तार तथा तयारी अभियान सञ्चालन गरिनेछ। यसअघि तय गरिएको मिति सार्दै अब महाधिवेशन फागुनमा आयोजना गर्ने निर्णय गरिएको हो।

सांसद सुमना श्रेष्ठमाथि आएको कथित नक्कली उजुरीबारे पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका अनुसार सो विषयलाई गृहमन्त्रीद्वारा संसदमा पीडितलाई दिइएको धम्कीको निरन्तर प्रक्रिया अन्तर्गत नियोजित रुपमा प्रयोग गरिएको आशंका गरिएको छ। पार्टीले यस विषयमा छानबिन गर्न सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ, जसमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य रहेका छन्।

त्यस्तै, इजरायल–इरानबीचको तनावपूर्ण परिस्थितिमा दुवै मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्तीका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग रास्वपाले राखेको छ।

स्याङ्जाको आँधी खोलामा दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका केन्द्रीय सदस्य मेघ आले र दिनकर नेपालमाथि भएको रड प्रहारको घटनाप्रति पार्टीले कडा विरोध जनाएको छ। वालिङ नगरपालिका–१० का वडाध्यक्षबाट भएको भनिएको आक्रमणलाई रास्वपाले ‘राजनीतिक हिंसाको प्रयास’ भन्दै गम्भीर रूपमा लिएको जनाएको छ। पार्टीले दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग आवश्यक पहल गरिने जनाएको छ। घाइते कार्यकर्ताहरूको उपचार र कानुनी सहायताका लागि समेत आवश्यक सबै कदम चालिएको जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.