सभामुख देवराज घिमिरेले संसद् अवरोध हटाउने पहलस्वरूप प्रमुख सचेतक र कानुन मन्त्रीसँग आज छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको छलफलमा संसद्को सुचारु कार्यप्रवाह सुनिश्चित गर्ने विषयमा विचार-विमर्श भएको हो।
हाल संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न भएको भन्दै छानबिनको माग गर्दै लगातार अवरोध गर्दै आएको छ।
यसले प्रतिनिधिसभामा बजेटमाथिको छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न नसकेको अवस्था सिर्जना भएको छ।
आज बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरी संसद् गतिशील बनाउने उपायमा केन्द्रित छलफल गरेका हुन्।

