×

“देशको समसामयिक राजनीतिक अवस्था : शीर्ष नेताहरूको सिंहदरबारमा छलफल”

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दैछ।

दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री ओलीका स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालका अनुसार सुरुमा बुधबारका लागि तय गरिएको यो बैठक माओवादी अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेका कारण आजका लागि सारिएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा बहस हुने र साझा सहमतिको प्रयास गरिने बताइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x