काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हालसम्म ६ वटा प्रदेश र ५० जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न गरी नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टी संगठनलाई अझ मजबुत बनाउने लक्ष्यसहित पालिका, वडा, टोल, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण र भेला कार्यक्रम सञ्चालन गरिनेछ।
बाँकी रहेका प्रदेश र जिल्लाहरूमा पनि चाँडै अधिवेशन सम्पन्न गरिने तयारी रहेको पार्टीले जनाएको छ।

