काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ।
प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचेका अनुसार बैठकमा मुलुकमा सुशासन प्रवर्द्धन गर्न भइरहेका प्रयासहरूको समीक्षा र आवश्यक सुधारका उपायहरूबारे गहिरो छलफल हुनेछ।
गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया लगायत सदस्य छन्।

