लमजुङ — लगातारको वर्षापछि लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्थित बुङ झरनाको नजिक खसेको पहिरोका कारण बेँसीसहर–चामे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिदेखिको अविरल वर्षाले सडकमा पहिरो ल्याएको हो।
सडक खुलाउन पहिरो हटाउने काम अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ

