×

इसराइलद्वारा इरानको आणविक केन्द्रमा आक्रमण, द्वन्द्व चुलिँदै

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

इसराइलले इरानको सबैभन्दा ठूलो युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इस्फाहान प्रान्तको नातान्जस्थित उक्त केन्द्रमा गरिएको हवाई आक्रमणबाट संरचनात्मक क्षति पुगेको र केही प्रयोगशाला तथा विद्युत प्रणाली प्रभावित बनेका छन्।

नातान्ज केन्द्र इरानको मुख्य युरेनियम समृद्धिकरण स्थल हो, जहाँ उच्च स्तरमा युरेनियम प्रशोधन गरी आणविक इन्धन र सम्भावित हतियार उत्पादन गरिन्छ। सो केन्द्र भूमिगत सुरूङमार्फत सञ्चालित थियो। सुरक्षास्रोतहरूका अनुसार प्रारम्भिक विवरण सार्वजनिक नगरिए पनि वैज्ञानिकहरूलाई सुरक्षित स्थानमा सारिएको र केही संरचनाहरूमा क्षति भएको पुष्टि भएको छ। मानवीय क्षति भने न्यून भएको बताइएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (IAEA) ले घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। पछिल्ला वर्षहरूमा नातान्ज केन्द्रबाट इरानले ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गर्दै आएको थियो। रिपोर्टअनुसार त्यहाँका करिब १५०० सेंट्रिफ्यूजहरू ध्वस्त भएका छन्।

यस आक्रमणपछि इरानले पनि जवाफी कारबाही गरेको छ। सोमबार इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल आक्रमण गरेको जनाइएको छ।

इरान–इसराइल तनाव पाँचौं दिनमा प्रवेश गर्दा दुवै मुलुक एक–अर्कामाथि तीव्र आक्रमण गरिरहेका छन्। अहिलेसम्म इरानमा २२४ जनाको र इसराइलमा २४ जनाको मृत्यु भइसकेको छ। इरानमा एक हजारभन्दा बढी घाइते भएका छन् भने इसराइलमा पनि सयौं नागरिक प्रभावित भएका छन्।

इसराइली पक्षले आफ्नो हवाई नियन्त्रण कायम रहेको र आवश्यक परे थप आक्रमण गर्न तयार रहेको चेतावनी दिएको छ। दुबै मुलुकबीचको यो भिडन्त अझै थप चर्किने संकेत देखिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x