×

राप्रपाका रवीन्द्र मिश्र अदालतमा हाजिर, आजै थुनछेक सुनुवाइ हुँदै

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार मिश्र आजै बयान र थुनछेकका लागि न्यायाधीश तारादेवी महर्जनको इजलासमा उपस्थित भएका हुन्।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको विरोध कार्यक्रमपछि मिश्रविरुद्ध सरकारी वकिलको कार्यालयले जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा मिश्रसहित ६१ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये ११ जनाविरुद्ध आपराधिक उपद्रव तथा बाँकी ५० जनाविरुद्ध राज्यविरुद्धको अभियोग लागेको थियो। तर ५० जनामध्ये ३९ जना मात्र अदालतमा उपस्थित भएका थिए।

उक्त आन्दोलन ‘संयुक्त जनआन्दोलन समिति’को आयोजनामा भएको थियो, जसका सदस्य सचिव मिश्र थिए। घटनापछि सोही दिन साँझ उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेकै अवस्थामा उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसपछि सर्वोच्च अदालतले जेठ २ गते मिश्रलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो।

हालै मुद्दा दर्ता गर्ने क्रममा प्रहरीले मिश्रलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन भएको भन्दै उनका कानुनी प्रतिनिधिहरू श्यामबहादुर शाही र बसन्त ब्लोनलाई सम्पर्क गरिएको थियो। उनीहरूलाई २५/२५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो, जसविरुद्ध उनीहरूले सर्वोच्चमा अन्तरिम आदेशसमेत लिइसकेका छन्।

यसअघि गत बिहीबार, उक्त घटनासम्बन्धी मुद्दामा अदालतले प्रमुख अभियुक्त दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने अन्यलाई धरौटीमा छाड्न आदेश दिइएको थियो। सोही क्रममा सोमबार राप्रपाका सांसद र महामन्त्री धवलशम्शेर राणा पनि अदालतमा हाजिर भएका थिए, जसपछि उनी ३ लाख धरौटीमा छुटेका थिए।

राणा अदालतमा उपस्थित भएपछि मिश्र पनि मंगलबार अदालतमा पेश भएका हुन्। अब मिश्रको बयानपछि अदालतको निर्णय सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.