×

पछिल्लो २५ वर्षमा उत्कृष्ट व्यापार गरेका २५ फिल्मका निर्माता सम्मानित हुने

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा देशभित्र पाँच करोडभन्दा बढी कारोबार गरेका पहिलो २५ चलचित्रका निर्माता तथा निर्माण कम्पनीलाई सम्मान गर्ने भएको छ।

बोर्डको स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसर पारेर यस सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो। बोर्डले सफल व्यापारिक नतिजा हासिल गरेका चलचित्र निर्माता तथा वितरकलाई सात दिनभित्र व्यापार पुष्टि गर्ने आवश्यक प्रमाणसहित निवेदन पेस गर्न अनुरोध गरेको छ।

चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवस आगामी असार १६ गते मनाउने तयारी गरेको छ। सोही अवसरमा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x