×

इरानी आक्रमणमा इसराइलमा मृत्यु हुनेको संख्या ७ पुग्यो, सयभन्दा बढी घाइते

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

इरानको मिसाइल आक्रमणबाट इसराइलमा ज्यान गुमाउनेको संख्या ७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार राति सुरु भएको आक्रमणमा शनिबार राति मात्रै चार जनाको ज्यान गएको अमेरिकी सञ्चार संस्था सीएनएनले जनाएको छ। इरानबाट प्रहार गरिएको मिसाइलका टुक्राहरू उत्तरी इसराइलमा जमिनमा खस्दा अन्दाजी ४० वर्षका दुई महिला, २० वर्षीया युवती र १३ वर्षीया किशोरीको मृत्यु भएको हो।

यसअघि शुक्रबार राति पनि तीन जनाको मृत्यु भएको थियो। इसराइलको आपतकालीन सेवा निकाय म्यागेन डेभिड एडोमका अनुसार तेल अभिभको दक्षिणमा पर्ने रिशोन लेजियोन क्षेत्रमा इरानी क्षेप्यास्त्रले घर भत्काउँदा दुई जनाको ज्यान गएको हो। उनीहरू भत्किएको घरको भग्नावशेषमा परेका थिए।

तेल अभिभकै पूर्वी सहर रमात गानको दान क्षेत्रमा इरानी आक्रमणका टुक्रा खस्दा एक महिलाको ज्यान गएको बताइएको छ। घटनामा अन्य केही मानिसहरू घाइते भएका छन्।

सीएनएनका अनुसार इरानी आक्रमणमा इसराइलमा एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

यता, इरानभित्र पनि मानवीय क्षति भएको जानकारी सार्वजनिक भएको छ। पछिल्लो विवरण अनुसार, कम्तीमा ८० जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा उच्चपदस्थ सैनिक, आणविक वैज्ञानिक, एक नेतासहित सर्वसाधारण नागरिकहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.