३१ जेठ, काठमाडौं — अमेरिकामा जारी मेजर लिग क्रिकेट (एमएलसी) अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा टेक्सास सुपर किङ्सले एमआई न्युयोर्कमाथि रोमाञ्चक ३ रनको जित निकाल्दै महत्त्वपूर्ण दुई अंक बटुलेको छ।
पहिले ब्याटिङ गरेको टेक्सासले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। टोलीका लागि ओपनर डेभोन कनवेले ६५ रनको सशक्त इनिङ खेले भने क्याल्भिन सेभेजले ५३ रनमा अविजित रहेर अन्त्यसम्म टिके। यी दुईबीच ७९ रनको महत्वपूर्ण साझेदारीले टोलीको स्कोर उकास्न मद्दत पुर्यायो।
अन्यतर्फ, मिलिन्द कुमारले १९ तथा कप्तान फाफ डु प्लेसीले १८ रनको योगदान दिए। बलिङतर्फ एमआईका माइकल ब्रेसवेलले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट झारे।
जवाफमा १८६ रनको लक्ष्य पछ्याएको एमआई न्युयोर्कले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १८२ रन मात्र बनाउन सक्यो। खेलको अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा टेक्सासका बलर डारिल मिचेलले कुनै पनि बाउन्ड्री नदिँदा एमआईको जितको सपना अधुरो रह्यो।
एक समय एमआईले १६.४ ओभरमा १५९ रनमा ४ विकेट मात्र गुमाएको थियो तर त्यसपछि मोनान्क पटेल (६२ रन) र कायरन पोलार्ड (३२ रन) लगातार दुई बलमा रनआउट हुँदा खेलको रफ्तार नै परिवर्तन भयो। माइकल ब्रेसवेलले पनि ३८ रनको योगदान दिए।
टेक्सासका बलर एडम मिल्नेले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। नूर अहमद र मोहम्मद मोहसिनले समान १-१ विकेट लिए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.