×

‘झोला बोक्ने होइन, सिद्धान्त बोक्ने हो’ : मन्त्री गुरुङको स्पष्टोक्ति

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर अघि बढिरहेको पार्टी भएको बताएका छन्।

बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफूहरूलाई “झोल खाने झोले” नभई जनताका मुद्धा बोकेका “सिद्धान्त बोकेका झोले” भन्नु उपयुक्त हुने बताए।

गुरुङले भने, “झोल खानेलाई पनि झोले भन्छन्, तर हामी झोला बोक्ने झोले हौं। एमालेको नीति, विचार र झण्डालाई बोक्ने कार्यकर्तालाई झोले भन्न सकिन्छ, जसमा म स्वयंलाई गर्व गर्छु।”

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलेको “झोले” शब्दको सन्दर्भ प्रष्ट्याउँदै त्यो अपमानजनक नभई कार्यकर्ताको निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए।

मन्त्री गुरुङले नेकपा एमालेले राष्ट्रवाद, जनताको बहुदलीय जनवाद, लोकतन्त्र, कूटनीति र सुशासनप्रतिको दृष्टिकोणसहित समाजवादको आधार निर्माण गर्न लागेको विचारलाई अघि सारे।

“गुड गभर्नेन्सबिना आर्थिक–सामाजिक रूपान्तरण सम्भव छैन। त्यसैले एमालेको दर्शन, सिद्धान्त र दृष्टिकोणलाई आत्मसात गर्ने कार्यकर्ता हुनु गर्वको कुरा हो,” उनले स्पष्ट पारे।

उनले एमालेको झोला बोक्ने हरेक कार्यकर्ताले राष्ट्र, राष्ट्रियता र जनताको मुद्दालाई बोकेर काम गरिरहेको भन्दै यस्तो निष्ठा र योगदानलाई ‘झोले’ भन्नुमा अपमान होइन, गौरव देख्नुपर्ने धारणा व्यक्त गरे।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x