नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। उम्मेदवारी दर्ता मंगलबार राति २ बजेसम्म चले पनि, निर्धारित समय अनुसार बुधबार बिहान १० बजेबाट सुरु गर्ने भनिएको मतदान प्रक्रिया उम्मेदवार विवरणको प्रमाणीकरण प्रक्रिया लम्बिँदा ढिलाइ भएको हो।
निर्वाचन समिति सदस्य रश्मी आचार्यका अनुसार उम्मेदवारको उमेरलगायत विवरणको रूजु र अन्तिम नामावली प्रकाशनको काम भइरहेकाले मतदान प्रक्रिया सुरु हुन समय लागिरहेको छ।
महाधिवेशनमा सहभागी १,५३४ प्रतिनिधिहरूमध्ये ९ पदाधिकारी, ४९ सचिवालय सदस्य, र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५२१ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा दुई, उपाध्यक्षमा नौ, महासचिवमा तीन, उपमहासचिवमा तीन, र सचिव पदका लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेतृत्व चयनमा सहमतिका प्रयास भइरहे पनि प्रमुख अध्यक्ष पदका प्रतिस्पर्धी प्रकाश पौडेल र डा. सुजन कडरियाले आ–आफ्ना समूह बनाएर मत मागिरहेका छन्। पौडेल समूहबाट आरके रोमश महासचिवका उम्मेदवार छन् भने उपमहासचिव र सचिवका नाम टुंगो लाग्न बाँकी छ। कडरिया समूहले महासचिवमा दीपक धामी, उपमहासचिवमा प्रेमिका शाही, उपाध्यक्षमा अञ्जना शिवाकोटी र अन्य उम्मेदवार अघि सारेको छ।
अध्यक्ष मण्डलद्वारा सहमतिका लागि प्रस्ताव गरिएको संयोजनमा डा. कडरियालाई अध्यक्ष, पौडेल र शिवाकोटीलाई उपाध्यक्ष, र धामीलाई महासचिव प्रस्ताव गरिएको थियो। तर पौडेल समूहले नाराबाजी गर्दै निर्वाचनबाटै नेतृत्व चयन गर्न माग गरेपछि निर्वाचन प्रक्रियातर्फ अगाडि बढिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूले सहमतिमै नेतृत्व चयन गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेन। हाल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी महाधिवेशन प्रतिस्पर्धात्मक मोडमा प्रवेश गरिसकेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.