×

नेपाल एसबिआई बैंक र एनसिएचएलबीच ‘नेपाल पे कार्ड’ सेवा कार्यान्वयनका लागि सम्झौता

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच एनपिएस–एनसिएस तथा नेपालकै डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ को प्रिन्सिपल सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नेपाल एसबिआई बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधार तयार भइसकेको घोषणा गर्दै वित्तीय संस्थाहरुलाई नेपाल पे कार्ड इस्यु तथा एक्वायर गर्न आह्वान गरेसँगै बैंकहरू यस प्रणालीमा जोडिन थालेका छन्।

सम्झौता अनुसार, नेपाल एसबिआई बैंकले अब नेपाल पे कार्ड जारी तथा स्वीकार गर्न सक्नेछ। एनपिएस–एनसिएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरजडान स्थापित गरी डोमेस्टिक कारोबारको राउटिङ तथा सेटलमेन्टको एकीकृत संयन्त्र उपलब्ध गराउनेछ।

यस प्रणालीले कारोबार लागत घटाउने, डेटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीमा नवप्रवर्तनको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

हाल एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, प्रायः सबै पिएसओ/पिएसपी र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूमार्फत विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

नेपाल पे कार्ड र क्युआर प्रणालीको कार्यान्वयनले नेपालको कार्ड कारोबार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल एसबिआई बैंकले हाल देशभर १०० शाखा, २२ एक्सटेन्सन काउन्टर र १२५ एटिएममार्फत सेवा विस्तार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.