कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा आजदेखि अनिवार्य अवकाशमा गइरहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सचिव सापकोटा यही मिति अर्थात् आजदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्।
कानुन सेवाबाट सचिव बनेका सापकोटाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुन लागेका हुन्।

