×

रसुवागढी नाकाबाट दस वर्षमा १४ हजारभन्दा बढी विद्युतीय सवारीसाधन आयात

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

दस वर्षको अवधिमा रसुवागढी नाकाबाट चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधनको संख्या १४ हजार ५०० नाघेको छ। आयात बढ्दै जाँदा टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्रमा ठूलो संख्यामा सवारीसाधन थन्किन थालेका छन्।

भन्सार प्रक्रिया पूरा नगरी आयातकर्ताले ती सवारीसाधन ल्याउँदा थन्किनु परेको रसुवा भन्सार कार्यालयले जनाएको छ।

भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार हालसम्म दुई हजार ५७० वटा सवारीसाधनको भन्सार जाँचपास भई काठमाडौँतर्फ पठाइसकिएको छ।

सवारीसाधनसँगै चीनबाट जुत्ता, चप्पल, तयार कपडा, रबरजन्य सामग्री, विद्युतीय उपकरण र केही कृषि उपज समेत आयात हुने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x