×

झापामा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

झापाका तीन फरक स्थानमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा नगरपालिका–४ मदनपुर जलाधर सडक, बिर्तामोड नगरपालिका–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शवहरू भेटिएका हुन्।

अर्जुनधारा–४ मा फेला परेको शवको पहिचान खुल्न बाँकी छ भने बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीका ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

तीनवटै शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x