सांगीतिक कार्यक्रममा सहभागी हुन रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई अचानक स्वास्थ्य समस्या देखिएको छ।
उनी रुकुम पश्चिमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत र त्यसपछि नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको छ।
सोमबार रुकुम पुगेकी रचनाले मंगलबार त्यहीँ सानिभेरीको बेलटापुमा भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी गरेको थिइन्। तर, मंगलबार बिहान पेट दुख्ने समस्या देखिएपछि तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ।
उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा राखिएको छ।