आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा एक सय रूपैयाँ कम हो। आइतबार सोही सुनको मूल्य एक लाख ९० हजार सात सय रूपैयाँ थियो।
चाँदीतर्फ हेर्दा, सोमबार यसको मूल्य प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँले वृद्धि हो। आइतबार चाँदी प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको कारोबार मूल्य प्रति औंस ३३११ अमेरिकी डलरमा कायम छ।

