काभ्रेपलाञ्चोक, जेठ २५ —
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
प्रहरीका अनुसार वाइबा आज बिहान नदी किनारमै मृत अवस्थामा फेला परेका हुन्।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।