काठमाडौं, जेठ २५ —
संसदको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख देवराज घिमिरे तीन प्रमुख दलका प्रमुख सचेतकहरूसँग आइतबार छलफल गर्दैछन्। सिंहदरबारमा बिहान पौने १२ बजेदेखि उक्त बैठक सुरु हुने सभामुख सचिवालयले जानकारी दिएको छ।
छलफलमा सहभागी हुने प्रमुख सचेतकहरूमा नेपाली कांग्रेसका श्याम घिमिरे, नेकपा एमालेका महेश बर्तौला र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्।
संसद अवरोधको मुख्य कारण बनेको भिजिट भिसा प्रकरणका सम्बन्धमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन चल्न दिइरहेका छैनन्। यसै सन्दर्भमा सभामुखले दलहरूबीच संवाद र सहमतिको वातावरण बनाउन पहल थालेका हुन्।
बैठकबाट संसद सञ्चालनमा सहमति जुट्ने अपेक्षा गरिएको छ।