×

बखरिया ओरालोमा यात्रुबाहक बस पल्टिँदा करिब ३० घाइते, उद्धार कार्य जारी

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

दाङ, जेठ २५ —
गोलटाकुरीबाट तुलसीपुरतर्फ गइरहेको यात्रुबाहक बस आइतबार बिहान दुर्घटनामा परेको छ। ना १ ख ४००९ नम्बरको सो बस बिहान करिब १०:४५ बजे बखरिया ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनापछि घटनास्थलमा तत्काल पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले प्रारम्भिक रूपमा करिब ३० जना यात्रु घाइते भएको अनुमान गरिएको जानकारी दिए। “घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि तुलसीपुर पठाइएको छ,” उनले बताए।

बस पल्टिँदा सम्भावित च्यापिएको अवस्थालाई ध्यानमा राख्दै जेसीबीसमेत घटनास्थलमा मगाइएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।


Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x