×

सचिव पदबाट पन्छ्याइएपछि आक्रोशित शाही : “समर्पित युवालाई उपेक्षा, विधान विपरीत संरचना”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

माओवादी केन्द्रसँग सम्बद्ध युवा नेता लोकेन्द्र बहादुर शाही वाईसीएलको हालै सम्पन्न महाधिवेशनमा सचिव पद नपाएपछि खुलेर आक्रोशित भएका छन्। पार्टीभित्रको गुटगत चलखेल र निष्ठावान युवाप्रतिको बेवास्ता भन्दै उनले गम्भीर असन्तुष्टि पोखेका छन्।

हुम्लाबाट राजनीतिमा उदाएका शाही सशस्त्र संघर्षकालमै पार्टीमा सक्रिय भएका थिए। बाल्यकालमै बुवाको निधन र आमाको मृत्युको केही दिनमै भूमिगत बनेर राजनीतिमा होमिएका शाहीले माओवादी आन्दोलनमा पूर्ण समर्पण गरेका थिए। उनी प्रचण्डलाई आफ्नो आदर्श मानेर क्रान्तिकारी मार्गमा अघि बढेका थिए। उनी भन्छन्, “जीवनका कठिनतम मोडहरू पार्टीका लागि खर्चिएँ, तर अहिले मलाई ‘हेडक्वार्टरको मान्छे’ भनेर सचिव पदबाट पन्छ्याइयो।”

जनयुद्धका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका खेलेका शाही शान्ति प्रक्रियापछि लडाकु समायोजनमा अयोग्य घोषित भएका थिए, जसलाई उनी अझै अन्याय ठान्छन्। पछि उनले कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सचिवालयमा समेत लामो समय योगदान दिएका थिए।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट पाएका शाही अन्तिम समयमा पार्टी निर्देशन अनुसार गठबन्धनको पक्षमा उम्मेदवारी फिर्ता लिन बाध्य भएका थिए। हाल पनि उनी संगठनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

वाईसीएलको केन्द्रीय सदस्य भइसकेका शाही सचिव पदमा उम्मेदवार भए पनि पार्टीभित्रका केही पूर्व नेताको प्रभावले आफूजस्ता विचारशील युवालाई पन्छ्याउने प्रवृत्तिप्रति गुनासो गर्छन्। उनका अनुसार, “अध्यक्ष प्रचण्डको दूरदृष्टिलाई बुझ्ने र सँगसँगै हिँड्न सक्ने नेतृत्व अहिलेको वाईसीएललाई आवश्यक छ।”

शाहीले हाल वाईसीएलको संरचना पार्टीको विधान विपरीत रहेको आरोप पनि लगाएका छन्। विधानमा ३५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति तोकिए पनि अहिले ७१ पदाधिकारी र ३५१ सदस्यीय समिति बनाइएको भन्दै उनले यसलाई अराजक कार्य भनेका छन्। “केही पूर्व नेताहरू नेतृत्वलाई नियन्त्रणमा राख्न खोजिरहेका छन्,” शाहीको आरोप छ, “यस्ता अवस्थामोक्रान्तिकारी युवा शक्तिको भूमिकाबिनाको परिवर्तन असम्भव छ, तर त्यही शक्ति उपेक्षित भइरहेको छ।”

यद्यपि, अध्यक्ष प्रचण्डप्रति आफ्नो समर्थन अझै अडिग रहेको उनले स्पष्ट पारेका छन्। “हाम्रो समर्पण पदको लागि होइन, विचार र दृष्टिकोणको लागि हो,” शाहीको धारणा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.