×

नदीमा बगेर दुई बालबालिकाको ज्यान गयो, एक बालिका अझै बेपत्ता

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

रुकुमपश्चिम र जाजरकोटको सीमावर्ती क्षेत्र मन्मैस्थित नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारी रहेका छन्। महेशकी १२ वर्षीया दिदी आशा कुसारीको अवस्था भने अहिलेसम्म अज्ञात छ र उनको खोजी जारी छ।

शुक्रवार दिउँसो विद्यालयबाट फर्किएपछि उनीहरू नदीमा नुहाउन गएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महेश कुसारी सबैभन्दा पहिले नदीमा पसेका थिए। तर उनले पौडी खेल्ने क्रममा नियन्त्रण गुमाउँदै बग्न थालेपछि उनकी दिदी आशा र भगवती उनलाई बचाउन नदीमा पसेका थिए।

रुकुमपश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ सदस्यीय टोली तत्काल उद्धारमा खटिएको थियो।

उक्त टोलीले भगवती नेपालीलाई अचेत अवस्थामा उद्धार गरी आठबिसकोट पुर्‍याए पनि अस्पतालमा चिकित्सकले दिउँसो सवा तीन बजे उनलाई मृत घोषणा गरेका थिए।

महेशको शव भने घटनास्थलभन्दा करिब ९ सय मिटर दक्षिणतर्फ सवा चार बजे फेला परेको हो।

रुकुमपश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टका अनुसार, अझै बेपत्ता आशा कुसारीको खोजीमा स्थानीयवासी र दुई जिल्लाका सुरक्षा निकाय परिचालित छन्।

घटनास्थल रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड नगरपालिका–८ को सिमानामा पर्ने मन्मै क्षेत्र हो।

स्थानीय प्रहरी र बासिन्दाहरू अझै पनि आशा कुसारीको खोजी कार्यमा जुटिरहेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x