×

कोशी नदीमा अभ्यासका क्रममा बेपत्ता भएका गोताखोरमध्ये एकको शव फेला, अर्काको खोजी जारी

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सप्तरी — मनसुन पूर्वतयारी अन्तर्गत कोशी नदीमा सञ्चालन गरिएको विपद् सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोरमध्ये एकको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको हो। अर्का बेपत्ता गोताखोर सुरज साउदको भने खोजी कार्य अझै जारी छ।

बिहीबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा अभ्यासका क्रममा दुवै जना गोताखोर बेपत्ता भएका थिए। सन् २०८० र २०८१ सालमा गोताखोर तालिम पूरा गरेका उनीहरू यसअघि विभिन्न स्थानमा उद्धार कार्यमा सक्रिय थिए।

घटनापछि तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट डिएसपीको नेतृत्वमा ४ जना गोताखोरसहित ३५ जनाको टोली परिचालन गरिएको थियो। त्यसैगरी नं. ६ गण सप्तरीबाट पनि डिएसपीको कमान्डमा २० जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी खटाइएको सशस्त्र प्रहरीका डिएसपी थापाले जानकारी दिए।

थप सहयोगका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोर प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच जना अनुभवी गोताखोरलाई बिहीबार राति नै घटनास्थलतर्फ पठाइएको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x