वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ। आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय परिसरमा पत्रकार उमेश कार्कीमाथि थापाले क्यामेरातर्फ प्रहार गर्दै अभद्र व्यवहार गरेका थिए।
सो समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि पार्टी कार्यालयमा भएको आन्तरिक छलफलबाट बाहिरिने क्रममा पत्रकारहरूले प्रश्न सोधेका थिए। जवाफ नदिने अधिकार सबैलाई भएपनि सञ्चारकर्मी र सञ्चारमाध्यममाथि आक्रमण गर्नु आपत्तिजनक कार्य भएको संघले उल्लेख गरेको छ।
संघका महासचिव पवन फुँयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बरिष्ठ अधिवक्ताजस्तो प्रतिष्ठित व्यक्तिबाट सञ्चारकर्मीमाथि आक्रामक व्यवहार हुनु दुर्भाग्यपूर्ण र अकल्पनीय हो।” संघले यस घटनालाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा लिएको छ । वरिष्ठ अधिवक्ता थापाले तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग पनि संघले राखेको छ।
साथै, पत्रकारहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न खटिने जिम्मेवारीमा रहेका हुँदा उनीहरूको सुरक्षाका लागि सबै सरोकारवालाहरू सचेत हुनुपर्ने संघको भनाइ छ। पत्रकारमाथि दुर्व्यवहारको यो घटना समाजमा प्रेसको भूमिकालाई कमजोर पार्ने दुस्साहसिक प्रयास भएको भन्दै संघले आम सञ्चार क्षेत्रलाई एकजुट भएर यस्तो व्यवहारको प्रतिवाद गर्न आह्वान गरेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.