×

भोटो जात्रामा भीडको फाइदा उठाउँदै पाकेटमारी, सात जना पक्राउ

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

२० जेठ, काठमाडौं । ऐतिहासिक भोटो जात्राको अवसरमा भीडभाडको फाइदा उठाउँदै पाकेटमारी गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

ललितपुरमा आयोजित भोटो जात्रामा १८ जेठका दिन दर्शन गर्न आएका सर्वसाधारणको नगद तथा मोबाइल चोरी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा दोलखा, मोरङ, सुनसरी, मकवानपुर, उदयपुर र जनकपुरका व्यक्तिहरू छन्। उनीहरू क्रमशः २७ वर्षीय राकेश फुयाँल, ३० वर्षीय पूर्ण कार्की, ३५ वर्षीय मनोज शाह हलुवाई, २३ वर्षीय अनुप मगर, २६ वर्षीय पवन मगर र ६७ वर्षीया सृष्टि चौधरी रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरीको अनुसार, उनीहरूबाट सातवटा मोबाइल फोन र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरिएको छ।

भीडमा हुने यस्ता गतिविधि रोक्न प्रहरीले थप निगरानी र सक्रियता बढाएको जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x