×

जेलमा रहेका रवि लामिछानेले मागे काठमाडौं सरुवा, प्रक्रिया अगाडि बढ्यो

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा रुपन्देहीको कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई काठमाडौं सरुवा गरिदिन अनुरोध गरेका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको अनुरोधपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कारागार व्यवस्थापन विभागमा सिफारिस पठाइसकेको छ। “उहाँको सरुवा सम्बन्धी निवेदनको आधारमा विभागमा स्वीकृतिका लागि पत्र पठाइएको हो, निर्णय आउन बाँकी छ,” प्रशासन स्रोतले जानकारी दिएको छ।

सर्वोच्च अदालतबाट थुनाबाहिर रहेर मुद्दा लड्न अनुमति नपाएपछि लामिछानेले सरुवा मागेको स्रोतले बताएको छ। परिवार र पार्टीका नेताहरूको भेटघाट सहज बनाउने उद्देश्यले काठमाडौं जान चाहेको पनि उल्लेख गरिएको छ।

अदालतले सरुवाको प्रक्रिया सहज बनाउन निर्देशन दिएपछि रुपन्देही कारागारले औपचारिक प्रक्रिया अघि बढाएको हो। स्वीकृति भएलगत्तै काठमाडौंस्थित कारागार— डिल्लीबजार वा सुन्धारामध्ये कुनै एक—मा स्थानान्तरण गरिने जनाइएको छ।

हालसम्म विभागले निर्णय नगरेको जानकारी आएको छ।

यसअघि, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले २०८१ चैत २२ गते सुप्रिम सहकारीसम्बन्धी ठगी र संगठित अपराध अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। यो आदेशले जिल्ला अदालत रुपन्देहीले माघ १३ गते गरेको धरौटीमा रिहाइको आदेशलाई बदर गरेको थियो।

लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरे पनि अदालतले सो निवेदन खारेज गरिसकेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x