×

एएफसी छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, दुई नयाँ अनुहारको समावेश

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत लाओसविरुद्धको प्रतिस्पर्धाका लागि अन्तिम टोली सार्वजनिक गरेका छन्।

यो पटकको टिममा दुई नयाँ अनुहारहरू थपिएका छन् — सृजनराज गौतम र कुशल देउवाले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
३० खेलाडीको प्रारम्भिक प्रशिक्षण सूचीबाट ७ खेलाडी बाहिरिँदा अन्तिम टोली २३ जनामा सीमित गरिएको हो।

नेपालले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण प्रतिस्पर्धा खेल्नेछ भने, जुन १० मा लाओसविरुद्ध एएफसी एसियन कप छनोट अन्तर्गतको दोस्रो खेल खेल्ने तालिका छ।
टोली आगामी मंगलबार हङकङ प्रस्थान गर्नेछ र त्यसपछि लाओस जाने कार्यक्रम छ।

घोषित अन्तिम २३ सदस्यीय टोली यसप्रकार छ:
अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक बिष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), गिलेस्पी जङ कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x