हालै सम्पन्न भारत–पाकिस्तानबीचको युद्धमा ड्रोन प्रविधिको प्रभावकारी प्रयोगपछि दुबै राष्ट्रले भविष्यमा ड्रोन क्षेत्रमा लगानी बढाउने तयारी गरेका छन्।
पछिल्ला वर्षहरूमा रूस–युक्रेन युद्धमा देखिएको ड्रोनको सफलता पछि विश्वभर सैन्य रणनीतिमा परिवर्तन आएको छ। सस्तो लागत, पाइलटको जोखिम नहुने, र सजिलो परिचालनका कारण ड्रोनहरू सैन्य अभ्यासमा लोकप्रिय बन्दै गएका छन्।
भारत र पाकिस्तानले पछिल्लो समय विभिन्न स्रोतबाट ड्रोन खरिद गर्दै आएका थिए भने केही आफ्नै प्रविधिबाट निर्माणसमेत गरिरहेका थिए। युद्धको समयमा दुबै देशले सयौं ड्रोन प्रयोग गरेका थिए।
भारतले मे ७ मा पाकिस्तानमाथि हमला गरेपछि चार दिन लामो संघर्ष सुरु भएको थियो। यसअघि अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।
युद्धको क्रममा भारतले इसराइल र पोल्याण्डमा बनेका, र पाकिस्तानले टर्की तथा चीनमा निर्मित ड्रोनहरू प्रयोग गरेका थिए। महँगो लडाकु विमान वा मिसाइलको सट्टा तुलनात्मक रूपमा सस्ता र कम क्षति हुने ड्रोन प्रयोग गर्नु दुबै मुलुकका लागि आर्थिक रूपमा सहज देखियो, विशेषगरी आर्थिक संकट झेलिरहेको पाकिस्तानका लागि।
ड्रोनलाई रोक्न महँगो एअर डिफेन्स सिस्टम प्रयोग गर्नु आर्थिक रूपमा उचित नपर्ने भएकाले पनि ड्रोनको प्रयोग बढेको हो। युद्धमा कुनै मानव क्षति नहुने हुँदा पनि मानव–रहित यन्त्रहरूको प्रयोगमा रुचि देखिएको छ।
विश्वभर हतियार खरिद गर्ने सूचीमा भारत अहिले दोस्रो स्थानमा छ। भारत र पाकिस्तानले मात्र गत वर्ष ९६ अर्ब डलरभन्दा बढी रकम हतियारमा खर्च गरेका थिए।
सम्बन्धित अधिकारी, विश्लेषक तथा उद्योग क्षेत्रका व्यक्तिहरूसँग गरिएको कुराकानीका आधारमा दुबै देशले ड्रोन क्षेत्रमा अझ व्यापक लगानी गर्ने तयारी गरेको छ।
भारतले आगामी १२ देखि २४ महिनामा मात्रै ड्रोनमा ४७ करोड डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा तीन गुणाले बढी हो।
युद्धपश्चात् भारतले आपतकालीन सैन्य खरिदका लागि ४ अर्ब ६० करोड डलर विनियोजन गरिसकेको छ, जसको ठूलो भाग ड्रोन खरिद तथा निर्माणमा खर्च हुने जनाइएको छ।
पाकिस्तानले भने खर्चको विवरण सार्वजनिक नगरे पनि त्यहाँको सेनाले ड्रोनको उत्पादन र खरिदमा उल्लेखनीय रकम छुट्याउने अनुमान गरिएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.