×

त्रिभुवन विमानस्थलका प्रमुख भट्टराईलाई अख्तियारको १० दिनको म्याद, फरेन्सिक रिपोर्ट पर्खिंदै

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनपछि पुनः उपस्थित हुन तारेख दिएको छ।

आयोगका एक उच्च अधिकारीका अनुसार, भट्टराईलाई जेठ ७ गते अख्तियारमा उपस्थित गराइएको थियो र त्यसपछि दुई दिनसम्म निरन्तर सोधपुछ गरिएको थियो। तर डिजिटल फरेन्सिक ल्याब (डीएफएल) को रिपोर्ट नआएकाले थप अनुसन्धानका लागि उनलाई १० दिनको म्याद दिइएको हो।

स्रोतका अनुसार भट्टराईसहित अन्य तीन जनाका मोबाइल तथा ल्यापटप जफत गरेर फरेन्सिक परीक्षण भइरहेको छ। रिपोर्ट नआएसम्म बयान लगायतका अन्य प्रक्रिया अघि नबढाउने निर्णय गरिएको छ।

यसअघि, भट्टराईविरुद्ध अख्तियारमा ‘दैनिक लाखौं असुली’ सम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। आयोगले यसपटक ‘उच्च तहबाटै’ अनुसन्धान सुरु गर्ने रणनीति अपनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x