×

उत्तर कोरियामा युद्धपोत दुर्घटनापछि चार जना पक्राउ, उच्च अधिकारीहरूमाथि कारबाही

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

उत्तर कोरियाले गत हप्ता युद्धपोत उद्घाटनका क्रममा भएको दुर्घटनापछि चार जनालाई पक्राउ गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रप्रमुख किम जोङ उनको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा युद्धपोत नियन्त्रण बाहिर गई बन्दरगाहमा आधा डुबेको थियो ।

पक्राउ पर्नेहरूमा श्रमिक पार्टीको केन्द्रीय समितिअन्तर्गत हतियार उद्योग विभागका उपनिर्देशक री ह्योङ सन मुख्य छन्, जसलाई दुर्घटनाको प्रमुख दोषी ठहर गरिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार घटनाको अनुसन्धानपछि बाँकी तीन जना—चोङजिन बन्दरगाहका प्रमुख इन्जिनियर काङ जोङ चोल, निर्माण कार्यशालाका प्रमुख हान क्योङ हाक र प्रशासनिक उपप्रबन्धक किम योङ हाकलाई पनि नियन्त्रणमा लिइएको हो ।

किम जोङ उनले सो दुर्घटनालाई गम्भीर लापरबाही र आपराधिक गतिविधिको संज्ञा दिँदै दोषीलाई कडा कारबाही गरिने बताएका छन् । ५ हजार टन क्षमताको सो युद्धपोत समयभन्दा अगावै समुद्रमा खस्दा अर्ध डुबेको अवस्थामा पुगेको थियो । दुर्घटना बुधबार भएको हो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x