×

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिनपछि पनि शुक्रबहादुर राई अग्रस्थानमै

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत भइरहेको सातौँ संस्करण सूर्य नेपाल च्यालेन्जमा तेस्रो दिनसम्म आइपुग्दा गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा कायमै छन्।

शुक्रले हालसम्म ११ अन्डर १९३ स्कोर गर्दै प्रतिस्पर्धामा अगाडि बढिरहेका छन्। आजको खेलमा उनले ५-अन्डर ६३ को उत्कृष्ट कार्ड खेल्दै दोस्रो स्थानमा रहेका भुवन कुमार रोक्कालाई तीन स्ट्रोकले पछि पारेका छन्।

भुवन रोक्काले पनि आज ५-अन्डर ६३ नै खेल्दै समग्रमा ८-अन्डर १९६ स्कोरसहित दोस्रो स्थान सुरक्षित गरे। उता, निरज तामाङले आजकै दिनको सबैभन्दा राम्रो प्रदर्शन गर्दै ६-अन्डर ६२ को कार्ड खेलेका छन्। उनले कुल स्कोर ७-अन्डर १९७ बनाउँदै तेस्रो स्थानमा उक्लिएका छन्।

अन्य प्रतिस्पर्धीहरूको अवस्था यस्तो छ:

  • दिनेश प्रजापति: ५-अन्डर १९९ स्कोर (चौथो स्थान)

  • तोरण विक्रम शाही: ३-अन्डर २०१ स्कोर (पाँचौं स्थान)

  • रवि खड्का र सञ्जय लामा: २-अन्डर २०२ स्कोर (संयुक्त छैटौं)

  • जयराम श्रेष्ठ र वसन्त गुरुङ: १-अन्डर २०३ स्कोर (आठौं स्थान)

एमेच्योरतर्फ राहुल विश्वकर्मा अगाडि छन्। उनले १-ओभर २०५ स्कोर बनाउँदै निश्चयजङ्ग रायमाझीलाई तीन स्ट्रोकले पछि पारेका छन्। आज राहुलले इभन–पार ६८ खेल्दा निश्चयले २-ओभर ७० कार्ड गरे।

चार दिनको यो ७२ होलको प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरसहित कुल ४७ खेलाडी सहभागी छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ छ। शीर्ष स्थान हासिल गर्नेले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो र तेस्रोले क्रमशः ७० हजार र ५० हजार रुपैयाँ पाउनेछन्। शीर्ष २१ प्रोफेसनल खेलाडीले नगद पुरस्कार जित्नेछन्।

प्रतियोगिता सम्पन्न भएपछि शनिबार प्रो–एम खेलको पनि आयोजना गरिनेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x